Itahari Sub-Metropolitan City
Jute Bikash Tole
Sunsari-56705, Nepal

श्री प्याब्सन जिल्ला कार्य समिति,                                                                                                                                                                                                                             मिति २०७६/०४/२५
उदयपुर, मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर,
ताप्लेजुङ, इलाम, पाँचथर र ओखलढुंगा ।

विषय :-चित्रकला तथा बक्तृत्वकला प्रतियोगिता सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, (प्याब्सन) प्रदेश कार्यसमितिको मिति २०७६/०४/२५गते बसेको सचिवालय बैठकको निर्णयानुसार यस वर्ष शिक्षादिवस तथा बालदिवसको अवसरमा तपसिलमा उल्लेखित प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको हुँदा तत् जिल्लाहरूमा कार्यक्रम संचालन गरी सो को विवरण प्रदेश कार्यसमितिको सचिवालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं । साथै प्रतियोगितामा पालना गर्नुपर्ने नियमहरू समेत यसै पत्रसाथ रहेको व्यहोरा जानकारी गराइन्छ ।
कार्यक्रमः
१) चित्रकला प्रतियोगिता
२) बक्तृत्व कला प्रतियोगिता

चित्रकला प्रतियोगिताको नियमहरू :–
प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा पालन गर्नु पर्ने नियमहरू :–
१) चित्रकला प्रतियोगिताका शिर्षकहरू (आधारभुत तह (कक्षा १–५ सम्म)÷माध्यमिकतह (कक्षा ६–१० सम्म)
क)हाम्रो वातावरण (आधारभुत तह कक्षा १ देखी ५ सम्म)
ख)हाम्रो देश हाम्रो संस्कृती (माध्यमिक तहकक्षा ६ देखी १० सम्म)
२) चित्रकला प्रत्येक जिल्लाले आ–आफ्नो जिल्लामा भाद्र २२ गते सम्ममा जिल्लातहमा प्रतिस्पर्धा गराई
भाद्र २५गते सम्ममा प्याब्सन प्रदेश कार्यसमितिको सचिवालयमा उत्कृष्ट ५÷५ वटा चित्रकलाहरू
पठाइ सक्नु पर्नेछ ।
३) जिल्लाबाट छनौट भई आएका चित्रहरू मध्ये उत्कृष्ट चित्रहरूलाई प्रदेश स्तरीय प्रथम, द्वितिय, तृतिय
तथा सान्त्वना छुट्याइने छ ।
४) भाद्र ३१गते हुने बक्तृत्व कला प्रतियोगिता कार्यक्रममा उत्कृष्ट चित्रकलाहरूको प्रदर्शनी गर्नुका साथै
सोहिदिन उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदानगरिनेछ ।
५) प्रदेश स्तरीय प्रतिस्पर्धामा सहभागी हुने जिल्लाले रु. ३०००।– रजिष्ट्रेशन शुल्क बुझाउनु पर्नेछ ।
६) चित्रकला गर्ने कागजको साइज १८ ˟ १२(ईन्च) हुनुपर्नेछ ।
७) चित्रकला प्रतियोगितामा रङ प्रयोग गर्ने प्रतियोगिले ध्बतभच ऋययिगच वा एभलअष् िऋययिगचमध्ये कुनै एक
प्रयोग गर्न पाइनेछ ।
८) सहभागीहरूले चित्रकलामा आवस्यक पर्ने सामग्री स्वयमले व्यवस्था गर्नु पर्नेछ । तर एबउभचजिल्ला
कार्यसमितिले उपलब्ध गराउनु पर्नेछ ।

बक्तृत्वकलाप्रतियोगिताको नियमहरू :–
प्रदेश स्तरीय बक्तृत्व कला प्रतियोगितामा पालना गर्नु पर्ने नियमहरू :–
१) बक्तृत्व कला प्रतियोगिताको शिर्षकहरू
क) समृद्ध नेपाल सुखी नेपाली....
ख) प्रदेश एक सम्भावना अनेक....
ग) नेपालको शिक्षाविकासमा संस्थागत विद्यालयको योगदान र चुनौतीहरू......
२) माथि दिइएका शिर्षकहरू मध्ये प्रतियोगिता स्थलमा गोलाप्रथाद्वारा चयन भएको शिर्षकमा प्रतियोगिले
आफ्नो भनाई प्रस्तुत गर्नुपर्नेछ ।
२) बक्तृत्वकला प्रतियोगिता प्रत्येक जिल्लाले आ–आफ्नो जिल्लामा भाद्र २२ गते सम्ममा जिल्लातहमा
प्रतिस्पर्धा गराई भाद्र २५ गते सम्ममा प्याब्सन प्रदेश कार्यसमितिको सचिवालयमा उत्कृष्ट २जना
प्रतियोगीहरूको नाम पठाइ सक्नु पर्नेछ ।
३) प्रत्येक प्रतियोगी विद्यार्थीलाई आफ्नो भनाई राख्न ५ मिनेटको समय प्रदान गरिनेछ ।
४) जिल्लाबाट आएका उत्कृष्ट प्रतियोगिहरू बिच प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरी प्रथम,द्वितिय,
तृतिय तथा सान्त्वना छुट्याइने छ ।
५) प्रदेश स्तरीय प्रतिस्पर्धामा सहभागीहुने जिल्लाले रु. ५०००।– रजिष्ट्रेशन शुल्क बुझाउनु पर्नेछ ।
६) फाइनल चरण लायन्स सामुदायिक भवन इटहरी – ५, सुनसरीमा भाद्र ३१ गते बिहानको ठिक ११ः००
बजेबाट सुरू हुनेछ ।