Itahari Sub-Metropolitan City
Jute Bikash Tole
Sunsari-56705, Nepal

प्याब्सन प्रदेश न १ ले आयोजना गरेको वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता भाद्र ३१ गते इटहरीमा सम्पन्न भएको छ, प्रदेश न १ का आन्तरिक मामिला तथा कानून मंत्री माननीय हिक्मत कार्कीको प्रमुख आथित्यता तथा प्याब्सनका रास्ट्रीय अध्यक्ष टिकाराम पुरीको विशेष आत्थित्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार शंकर थापा, केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद घिमिरे प्रदेश न १ मा उपलब्ध केन्द्रीय सदस्यहरु प्रदेश कार्य समितिका पदाधिकारी सदस्य एवं जिल्ला कार्य समितिका अध्यक्ष , पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो, कार्यक्रमको संचालन प्रदेश सचिव सुमित थापाले र स्वागत मन्तव्य प्रदेश वरिष्ठ उपाध्यक्ष टिकाराम ढकालले गर्नुभएको सो कार्यक्रमको अध्यक्षता प्याब्सन प्रदेश अध्यक्ष युवराज वाशिष्ठले गर्नुभएको थियो | कार्यक्रममा अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख निर्णायक प्रा डा टंक नेउपाने रहनु भएको थियो |

          प्रदेस स्तरीय चित्रकला तर्फ आधारभुत तह अन्र्तगत जुपिटर सेकेण्डरी बोडिगं स्कुल सुन्दरहरैचा मोरगंका अंकित उराँव प्रथम , सप्तकोशी सेकेण्डरी बोडिगं स्कुल उर्लाबारी मोरगंका संकल्प ढकाल द्धितिय , सुपर्व ईगंलिस बोडिगं स्कुल पथरी शनिश्चरे मोरगंका अंकित राई , तृतिय र सनसाइन सेकेण्डरी बोडिगं स्कुल उर्लाबारी मोरगंका सबिना तामागं शान्त्वना बन्न सफल भए । त्यसै गरी चित्रकला तर्फै कक्षा ६ देखि १० सम्मको प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी बोडिगं स्कुल सुन्दरहरैचा मोरगंकी अन्जना राई प्रथम , सुविजिमुर सेकेण्डरी बोडिगं स्कुल मोरगंका प्रज्वल शर्मा द्धितिय , माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहबीकी इशाकुमारी माझी तृतिय र इन्द्रपुर ईगंलिस बोडिगं स्कुलकी स्नेहा खड्का शान्त्वना पुरस्कार जित्न सफल भइन । वक्तृत्वकला प्रतियोगिता तर्फ मुनमिन एकेडेमी बराहक्षेत्र सुनसरीकी जमुना शेर्पा प्रथम , हिमाली बोडिगं स्कुल कलम गाउँपालिका झापाकी जेनिशा भण्डारी द्धितिय , सुबिजमुर सेकेण्डरी बोडिगं स्कुल मोरगंका ओल्सन कार्की तृतिय र बिबि मेमोरियल इलामका सुर्दशनबाबु सुवेदी शान्त्वना भए ।