Itahari Sub-Metropolitan City
Jute Bikash Tole
Sunsari-56705, Nepal
प्याब्सन प्रदेश न १ को दोश्रो साधारण सभा यहि मिति २०७६ माघ ४ गते झापाको दमकमा आयोजना गरिएको हुदा सम्बन्धित सबै पक्षलाई उपस्थितिको लागि अनुरोध गरिन्छ | प्याब्सन प्रदेश न १ कार्य समितिको पूर्ण बैठक आगामी २०७६ मंगसिर २७ गते शुक्रबार संखुवासभा जिल्लाको खादबारीमा प्याब्सनका राष्ट्रिय अध्यक्ष टिकाराम पुरी तथा प्रतिनिधिसभाका माननीय सभासद राजेन्द्र गौतम समेतको उपस्थितिका विच विविध निर्णय गर्दै संम्पन्न |
Message from province president

Yubaraj Bashistha PABSON is one of the umbrella organization of private schools imparting competitive education throughout the country. Modern time is the time of Information and Technology. In the absence of information and technology, we remain far behind in this world. To enrich PABSON and its members in an information system, PABSON province number 1 has developed its own website. The main aims of developing the website are to unite its members through information system and also to publish PABSON activities not only within members but also to the general public. By means of it, no concerned will remain deprived of the valuable information directly or indirectly relating to their institution.

-Yubaraj Bashistha
Message from central president

Tikaram Puri राष्ट्रको शिक्षा क्षेत्रको एक अभिन्न अगं र अग्रणी शैक्षिक संस्थाकोरुपमा स्थापित र परिचित यस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४औं राष्ट्रिय महाधिवेशनमार्फत मेरो नेतृत्वमा सर्वसम्मतरुपमा १४औ केन्द्रीय कार्यसमिति चयन गर्नका लागि प्याब्सन प्रदेश नं १ कार्यसमिति, जिल्ला÷स्थानीय कार्यसमिति, सम्पूर्ण सदस्य विद्यालय र संस्थापक÷प्रिन्सिपलहरुज्यूहरुले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाइँ आदरणीय अग्रज तथा सहकर्मी मित्रहरुबाट प्रत्यक्ष परोक्षरुपमा पाएको आत्मियता, साथ, समर्थनको आलोकमा निर्वाचित यस कार्यसमितिको कार्यसफलताको लागि आयोजित यो बधाई तथा सम्मान कार्यक्रम एकातिर यस कार्यसमितिको लागि थप उर्जा, उत्प्रेरणा र हौसला बनेको र अर्कोतर्फ सतर्कता र सचेतनासहितको कार्यभार सुम्पेको संकेत हो भन्ने मैले ठानेको छु । यस किसिमको आर्थिक, नैतिक र मानसिक बलसहितको यो कार्यादेश पुरा गर्न यो कार्यसमिति अविचलितरुपमा लागिरहने छ र संगठनको सुदृढीकरण, आर्थिक सवलीकरण, सामाजिक रुपान्तरण, पेशागत अभिवृद्धि र सदस्य विद्यालयहरुको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयनमा यो केन्द्रीय कार्यसमितिले कुनै कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । उल्लेखित कार्यलाई प्रभावकारी कार्यान्वय गर्न गराउन र परिणाममूखि बनाउन यहाँहरु सबैकोे साथ, सहयोग सदैव हुनेमा म पूर्ण विश्वस्त छु । नीतिगत, सांगठनिक आर्थिक, शैक्षिक, व्यवस्थापकिय दक्षता र अनुभवले खारिएका, सामूहिक दायित्वोध र दुरदृष्टि भएका र गतिवान् प्याब्सनिष्टहरु समाहित यो कार्यसमिति विगत र वर्तमान अवस्थाका शैक्षिक नीति र व्यवहारिकरुपमा ठडिएका समस्या र चूनौतिप्रति सचेत र सजग छ । तथापि तपाइँ हाम्रा सामु तेर्सिएका र तेर्सिने कुनै पनि समस्या एवं चूनौतिलाई चिरेर अगाडि बढ्न हामी सबै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हातमा हात र काँधमा काँध मिलाउनु जरुरी छ, एकजुट र एक्यबद्ध हुनु अनिवार्य छ । नियमन र व्यवस्थापनको नाममा तर्जुमा गरिएका र निर्माणाधिन नीति नियमप्रति चनाखो भइ स्व–स्थानबाटै हाम्रो अस्तित्वको रक्षा, लगानीको सुरक्षा र पेशागत निरन्तरताको संघर्षमा डटिरहनु अत्यावश्क छ । कोही कसैको प्रभाव र दवावका आधारमा नेपालको शिक्षा क्षेत्रलाई जहिले पनि प्रयोगवादी अवस्थाबाट गुज्रिन बाध्य पार्ने प्रवृत्ति र जिम्मेवार निकायको नियतप्रति सचेत रहिरहन हार्दिक आव्हान गर्दछु । प्याब्सन प्रदेश नं १ ले यसै सम्मान कार्यक्रममार्फत सूचना तथा प्रविधिको समुचित प्रयोग र उपयोगका लागि वेभसाइट निर्माण गरी शुभारम्भ गइरहेको विषयले मलाई हर्षित तुल्याएको छ । केन्द्रीय कार्यसमितिले कार्यान्वयनमा ल्याएको कागजविहिन संचार प्रणालीको विकास र विस्तारमा यस कार्यले महत्वपूर्ण टेवा पु¥याउने छ भन्ने मैले ठूलो अपेक्षा राखेको छु । सबै तहमा विस्तार हुने यस किसिमका सूचना र प्रविधिको विकासले संगठनको संचार प्रणाली र अभिलेखालयलाई थप चुस्त–दुरुस्त एवं मजवुत बनाउने नै छ । प्याब्सन प्रदेश नं १ चालेको यो कदम नजिर बनोस्, हार्दिक शुभेच्छा व्यक्त गर्दछु । राष्ट्रका लागि आवश्यक दक्ष शैक्षिक जनशक्तिको उत्पादन, विश्व जगतमा सफल र प्रमाणित भएका शिक्षाका नविन आयाम, विधि र प्रविधिको प्रयोगसँगै जीवनपयोगी एवं गुणात्मक शिक्षाको विकास र विस्तारमा अहोरात्र क्रियाशिल प्याब्सन प्रदेश नं १ कार्यसमिति, मातहतका जिल्ला÷स्थानीय कार्यसमिति, सदस्य विद्यालयहरूले संस्थागत एवं पेसागत हक अधिकारका लागि अविछिन्नरुपमा देखाएको सक्रियता र संगठनको उचाइ प्राप्तिका लागि खेलेको महत्वपूर्ण भूमिका तथा पु¥याएको योगदानको उच्च प्रशंशा र निरन्तरताको अपेक्षा गर्दै, यस बधाई तथा सम्मान कार्यक्रमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । अन्तमा, सम्पूर्ण सदस्य विद्यालय, संस्थापक प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु

-Tikaram Puri